दफा २३३
अंश नपाउनेले नालिस गरेमा क्षतिपूर्ति दिनु पर्ने

अंश नपाउने व्यक्तिले अंश पाउँ भनी नालिस गरेको ठहरेमा अदालतले मिसिलबाट बिगो खुल्न आएमा बिगो र बिगो खुल्न नआएमानिजको हैसियत विचार गरी नालिस गर्ने व्यक्तिबाट मनासिब क्षतिपूर्तिको रकम प्रतिवादीलाई भराई दिनु पर्नेछ ।